धरान : धरान उप–महानगरपालिका वडा नं. ६ पानबारीस्थित सुकुम्बासी टोलबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका चार जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा सोही स्थानका २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सव बिक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रुपेश राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेट बरामद भएको छ।
पक्राउ परेका चारै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post