धरान : धरान उप–महानगरपालिका वडा नं. १३ फुस्रेबाट प्रहरीले ३० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले फुस्रे क्षेत्रमा चेकजाँच गर्ने क्रममा एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं.–४ बस्ने २० वर्षीय सन्दीप राई रहेका छन्। प्रहरीका अनुसार उनले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लागूऔषध गाँजा करिब ३० केजी फेला परेको थियो।
प्रहरीले गाँजासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।













Discussion about this post