करीब दुई साता अगाडि इटहरीको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीलाई कोरोना संक्रमण देखियो ।
संक्रमण देखिएसँगै उनी होम आइसोलेसनमै बसे ।
उनले घरमा भएका सबै परिवार र टेलिभिजनमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा घरका ४ जना सहित अफिसमा २ जनामा कोरोना देखिएपछि कार्की होम आईसोलेसनमा बस्ने निर्णय गरे ।
घरमा दिनभरी बस्दा दिक्क लाग्ने भएपछि टिकटक बनाउन थाले । आज सम्म परिवार सहित होम आईसोलेसनमा बसेको ठीक दुई साता भयो ।
मनमा तनाव लिएर बस्नु भन्दा टिकटकमा नाचेर, गाएर रमाईलो गरिहेको कार्की बताउँछन् ।
आँफू संक्रमित भएपनि समाजमा सकारात्मक सन्देश दिनका लागि टिकटक तथा सामाजिक सञ्जालमा रमाउने गरेको उनको तर्क छ ।
कार्कीले भने “कोरोना संक्रमित भएपछि के होला भन्ने डर लागेको थियो । तर, चिन्ता नलिई घरमै आराम गरियो, खानपानमा विशेष ख्याल गरियो, मनमा तनाव नलिए सहजै कोरोनालाई जितिने रहेछ ।”
उनले कोरोनालाई सामान्य रुपमा नलिन समेत अपिल गरे ।
कोरोनालाई सामान्य रुपमा नलिए र मनमा तनाव नलिएमा संक्रमण भएपनि कोरोना जितिने उनको भनाई छ ।














Discussion about this post