झापा : झापामा पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने कमल गाउँपालिका– ६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले विराटनगर निवासी आचार्यमाथि १४ फागुनमा अभद्र व्यवहार गरेका थिए ।
सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उनलाई शिवसताक्षी नगरपालिका– ४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिए ।
पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
यो पनि – पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्नेहरू १५ दिनसम्म पक्राउ परेनन्













Discussion about this post