ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा फागुन महिनामा १८ हजार ६ सय ५२ जना तीर्थालुले दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिले दर्शनार्थीको चापसँगै यस अवधिमा ३१ लाख रुपैयाँभन्दा बढी भेटी गणना गरिएको जनाएको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले फागुनमा भक्तजनबाट संकलन भएको बताए । उनले ३१ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको बताए।
समितिले हरेक महिनाको मसान्तका दिन मन्दिरमा आउने दर्शनार्थीको कुल संख्या र उक्त महिनामा गणना भएको भेटी रकम औपचारिक रूपमा सार्वजनिक गर्दै आएको छ।













Discussion about this post