तरहराबाट इटहरी जादैँ गरेको कारले भिन्नाभिन्नै तीनवटा सवारीलाई ठक्कर दिएको छ । ठक्करबाट दुईजना घाईते भएका छन् ।
आर्मी क्याम्प अगाडि कोशि लोकमार्गमा तरहराबाट इटहरी जादैँ गरेको बा १३ च ४५१४ नं. को कारले विपरीत दिशाबाट आउँदै गरेको को ३३ प १५०१ नं. को मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना घाईते भएका हुन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाईकललाई ठक्कर दिएर भाग्ने क्रममा इटहरीको मुख्य चौक नजिकै को १ ह ८४५३ नं. को सफारी र बा ९ च ११०६ नं. को कारलाई समेत ठक्कर दिएको थियो ।
ठक्करबाट सफारी चालक इटहरी ५ बस्ने बर्ष ५५ को राजकुमार लिम्बु र इटहरी २ बस्ने बर्ष २४ को राजेन्द्र मिश्र घाइते भएका छन् ।
कार चालक इटहरी ४ बस्ने बर्ष ५० को रमेश श्रेष्ठ र चारवटै सवारी साधन ईप्रका ईटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post