धरानको जिरोपोईन्टमा एउटा ट्रिफर दुर्घटना भएको छ ।
तेह्रथुमबाट धनकुटाहुँदै धरानतर्फ आउदै गरेको खाली बा ४ ख ९७८३ नम्बरको ट्रिफर शुक्रबार राति दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।
गाडी झरेको ठुलो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।
भिरबाट जान सक्ने अवस्था नरहेको हुँदा टिफर निकाल्न नसकिएको प्रहरीले बताएको छ । ट्रिफरका चालक भने जङ्गलको रूखमा अड्किएको अवस्थामा भेटिएका थिए ।
ट्रिफरमा सवार चालक इटहरी १७ का नेत्र प्रसाद भट्टराई रहेको र उनको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको बस्नेतले जानकारी दिएका छन् ।















Discussion about this post