इटहरी : सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरिएको छ ।
कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उदयपुरको बेलका नगरपालिका–५ का सुदीप राउत र रामधुनी नगरपालिका–१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रमाडोल२ हजार ७ सय ७० क्याप्सुल बरामद भएसँगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
सोही दिन बराहक्षेत्र नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रमाडोल ६ हजार २ क्यापसुल बरामद भएको थियो ।
लागूऔषध बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post