Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चतराको आइसोलेसनबाट संक्रमितको लागि प्रयोग भएका सामाग्री चोरी, चोरीमा संक्रमित नै संलग्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०७७
in समाचार
0
चतराको आइसोलेसनबाट संक्रमितको लागि प्रयोग भएका सामाग्री चोरी, चोरीमा संक्रमित नै संलग्न
167
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागि उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भएका छन् ।

१ सय बेडको आइसोलेसन सेन्टरमा प्रत्येक संक्रमतिहरुलाई उपलब्ध गराइएको इलेक्ट्रीक जगदेखि चप्पलसम्म चोरी भएका हुन् ।

चोरी भने अरू कसैले नभई स्वयम सङ्क्रमितहरूले नै गरेका हुन् ।

सङ्क्रमितहरू डिस्चार्ज भएर घर फर्किएपछि स्वास्थ्यकर्मीको टोलीले उनीहरू बसेको कोठा स्यानिटाइज गर्ने क्रममा सामानहरू चोरी भएको भेटिएको हो ।

बराहक्षेत्र आइसोलेसन सेन्टरका इन्चार्ज प्रमोद यादवले सङ्क्रमितहरूले सेन्टरको एक लाख भन्दा बढी मूल्यको सामान चोरी गरी लगेको जानकारी दिए ।

चतराधाम स्थित आइसोलेसन सेन्टरमा भदौ १६, २४ र असोज १ गते डिस्चार्ज भएका मध्ये असोज १ गते डिस्चार्ज भएको टोलीले सामान चोरी गरी लगेको दाबी गरे ।

यादवका अनुसार सेन्टरमा रहेको ४७ वटा ज्वरो नाप्ने थर्मामिटर, २३ वटा तातो पानी तताउन प्रयोग हुने इलेक्ट्रीक जग, ३५ वटा कम्बल, ३५ वटा झुल, १२ वटा सिरानीको खोल, ८६ वटा तन्ना, २१ वटा मल्टीप्लक र १०० जोर चप्पल चोरी भएको बताए ।

‘पाँच जना मात्र सङ्क्रमित रहेको अवस्थामा शनिवार कोठा सफा गर्ने क्रममा स्वास्थ्यकर्मीको टोलीले सामान खोजी गर्दा नभेटेको हो’ उनले भने ‘कोठामा नभेटिएका सामान संक्रमितहरुले नै लानु भएको रहेछ ।’

सामान चोरी भएको विषयमा बराहक्षेत्र नगरपालिकालाई जानकारी समेत गराइसकेको आइसोलेसन सेन्टरका इन्चार्ज यादवले बताए । ‘यो अत्यन्त लज्जास्पद काम हो । यसमा सुरक्षाकर्मीदेखि उघोगका मजदुर जो सङ्क्रमित भएर यहाँ बस्नु भयो, वहाँहरूकै संलग्नता छ ।’ ‘नगरपालिकाले प्रहरी प्रशासनलाई जानकारी गराइ घटनाको छानबिन गरिनुपर्छ ।’

असोज १ गते डिस्चार्ज हुनेहरूमा नेपाल प्रहरीका ४१, सशस्त्र प्रहरीका १२ र प्रगति टेक्स्ट टायलका १४ जना सङ्क्रमित थिए ।

यस्तै सामान चोरीसँगै आइसोलेसन सेन्टरका धारा तथा शौचालय तोडफोड भएको समेत बताइएको छ । यहाँसम्मकी शौचालय भित्र सिरानी हाल्दिनुको साथै धाराको पाइप काट्ने जस्ता कार्य भएको बताइएको छ ।

सङ्क्रमितहरूलाई राख्नको लागि बराहक्षेत्र नगरपालिकाले निर्माण गरेको सेन्टरमा भएको चोरीका विषयमा छानबिन हुने सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । कोरोना सङ्क्रमित सुरक्षाकर्मी समेत रहेको उक्त सेन्टरमा बस्ने सबैको विवरण झिकाइएको उनले बताए ।

घटनाको विषयमा नगरपालिकासँग समन्वय गरेर छानबिन गर्ने र सुरक्षाकर्मी समेत यस घटनामा संलग्न भएका विभागीय कारबाही हुने प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले सामान चोरी भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताउँदै यस घटनामा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

‘प्रहरी र हाम्रो स्वास्थ्यकर्मीको टोलीले भदौ २४ र असोज १ गते डिस्चार्ज भएकाहरूको विवरण निकाल्दै छौ’ खनालले भने ‘यसमा संलग्न जो कोहीलाई भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याउनेछौ ।’

अपराधन्यूजबाट साभार ।

Tags: #चोरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित
विविध

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

by रासस
जेष्ठ २३, २०८३
0

खोटाङ : मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ ।...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको...

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.