इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पुर्याउने उदेश्यले सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ ।
उक्त अभियान अन्तरगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्यास गरेका थिए ।
कार्यक्रममा मंतब्य राख्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरी भवन निर्माण गर्न निर्देशन दिए ।
केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने उनको भनाई थियो ।
उपप्रमुख लक्ष्मी गौतमले आज शिल्यान्यास गरिएको भवनवाट यहि आर्थिक वर्षमा सेवा सूचारु गरिने बताईन् ।
वडाध्यक्ष चन्द्र भटराईले वडा नम्वर ४ बाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा आँफूहरु हर्षित रहेको बताए ।
इन्जिनियर जीवन घिमिरेका अनुसार २८ लाख ६८ हजार २ सय ६४ रुपैँया लागतमा पाँच महिना भित्र काम सक्ने गरी तयारी थालिएको छ ।














Discussion about this post