इटहरी उपमहानगरपालिका कार्यालय र सवै वडाहरुका दर्ता किताबलाई डिजिटल वनाउने प्रक्रिया सुरु गरिएको छ ।
२०३५ सालदेखिका सबै दर्ता किताबहरुलाई डिजिटल बनाउन ७२ हजार डाटा संकलन गरिएको छ ।
सामाजिक सुरक्षा, ब्यक्तिगत घटना दर्ता लगायतलाई डिजिटल बनाउन इटहरीका सवै वडाहरुमा दर्ता शिविर संचालन गरिने भएको छ ।
यो कार्यलाई सहजीकरण गर्न इटहरीका सबै वडा सचिव र वडामा पञ्जिकरण सम्वन्धि काम गर्ने कर्मचारीका लागि अभिमूखीकरण सुरु गरिएको छ ।
तीन चरणमा गरि अभिमूखीकरण सम्पन्न गरिने छ ।
पहिलो चरण अन्र्तगत आज विहान उपमहानगरमा सुरु अभिमूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख द्धारिकलाल चौधरीले अबको चार वर्षभित्रमा देशभरका सवै स्थानीय निकायलार्ई डिजिटल सिस्टममा लैजाने सरकारको तयारी अनुरुप इटहरीमा कर्मचारीको सीप र क्षमता अभिवृद्धिका लागि दुईदिने कार्यक्रम प्रभावकारी हुने अपेक्षा ब्यक्त गरे ।
प्रमुख प्रशाशकीय अघिकृत कृष्ण सापकोटाले अहिले भइरहेको कार्यलाई ब्यवस्थित गदै अनलाइन प्रणाली मार्फत अभिलेखलाई चुस्त दुरुस्त राख्ने कार्य सुरु गरिसकिएको जानकारी दिए ।
कार्यक्रममा एमआइस अपरेटर सीताराम न्यौपानेले सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाका बारेका जानकारी गराएका थिए ।
















Discussion about this post