नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति सुनसरी संयोजकमा इटहरीका विकास केसी मनोनित भएका छन् ।
नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशसरण महत संयोजक रहेको अनुगमन समितिका लागि देशैभरीका सबै जिल्लामा संयोजक तोकिएको छ ।
देशैभरीका सबै जिल्लामा संयोजक तोकिने र जिल्लामा कोभिड १९ सम्बन्धी सबै सूचना रिपोर्टिङ गर्ने उदेश्यले उक्त अनुगमन समिति गठन गर्दै आएको कांग्रेसले सुनसरीका लागि केसीलाई मनोनित गरेको हो ।
आँफूलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएकोमा केसीले खुशी व्यक्त गरे ।
उनले भने, ‘पार्टीले मलाई योग्य ठानेर मनोनित गरेकाले म सुनसरीमा भएका सबै गतिविधि सत्य, तथ्य सहित रिपोर्टिङ गर्नेछु । यसका लागि अन्य साथीहरुलाई पनि हातेमालो गरेर अगाडि बढ्नका लागि आह्वान गर्दछु ।’




















Discussion about this post