इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्।
उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खारेज गर्नु उचित नहुने बताएका छन्। उनका अनुसार विद्यार्थी संगठनहरूलाई समाप्त पार्ने होइन, बरु नियमन र सुधार गर्नुपर्ने आवश्यकता छ।
उनले भनेका छन्, ‘विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय पनि गलत छ है ! नियमन गरौँ, खारेज होइन । विद्यार्थी आन्दोलनहरुको ठुलो योगदान छ लोकतान्त्रिक परिवर्तनहरूमा ।’
उनले शैक्षिक संस्था भित्रको राजनीतिक गतिविधिलाई व्यवस्थित गर्न सकिने भए पनि पूर्ण रूपमा खारेज गर्ने निर्णय गलत हुने तर्क गरेका छन्।
सरकारले हालै शैक्षिक संस्थामा राजनीतिक गतिविधि नियन्त्रण गर्ने विषयमा चासो देखाइरहेको छ।















Discussion about this post