इटहरी : इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र सामुदायिक प्रहरी बिट गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षीय चक्रबहादुर जिमीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जिमीको साथबाट ब्राउनसुगर २४.४४ ग्राम पदार्थ बरामद गरिएको छ ।
साथै उनले प्रयोग गर्दै आएको को ३९ प ३१२३ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल, नगद १९ हजार ९८० रुपैयाँ र एक थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका जिमीलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post