Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मेची–महाकाली यात्राबाट ४८ सडकआश्रित मानवको उद्धार

रासस by रासस
जेष्ठ १, २०८३
in विविध, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ ।

सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ ।

जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको उनले बताए । जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको अधिकारीको भनाइ छ । वर्षात्को समयमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यात्राले विभिन्न जिल्लामा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनले बताए ।

उद्धार गरिएका सडक आश्रित मानवहरूको आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरणका साथै सम्भव हुने व्यक्तिहरूको पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा वैशाख २९ गते झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा मोरङ र सुनसरी हुँदै कोशी प्रदेशको ती नदिने कार्यक्रम सम्पन्न गरी आज (शुक्रबार)देखि मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ ।

उद्धार अभियान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा आनी छोइङ डोल्मासहित २४ जना स्वयंसेवक टोली सहभागी छन् ।

परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा पुनः स्थापित गरिँदै आएको अध्यक्ष अधिकारीले बताए । हाल मानव सेवा आश्रमका सातै प्रदेशका १९ जिल्लामा २३ शाखा सञ्चालनमा छन् ।

Tags: #उद्धार#राससमानव सेवासडक मानव उद्धार
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    506 shares
    Share 202 Tweet 127
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    372 shares
    Share 149 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.