Thursday, July 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मेची–महाकाली यात्राबाट ४८ सडकआश्रित मानवको उद्धार

रासस by रासस
जेष्ठ १, २०८३
in विविध, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ ।

सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ ।

जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको उनले बताए । जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको अधिकारीको भनाइ छ । वर्षात्को समयमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यात्राले विभिन्न जिल्लामा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनले बताए ।

उद्धार गरिएका सडक आश्रित मानवहरूको आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरणका साथै सम्भव हुने व्यक्तिहरूको पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा वैशाख २९ गते झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा मोरङ र सुनसरी हुँदै कोशी प्रदेशको ती नदिने कार्यक्रम सम्पन्न गरी आज (शुक्रबार)देखि मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ ।

उद्धार अभियान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा आनी छोइङ डोल्मासहित २४ जना स्वयंसेवक टोली सहभागी छन् ।

परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा पुनः स्थापित गरिँदै आएको अध्यक्ष अधिकारीले बताए । हाल मानव सेवा आश्रमका सातै प्रदेशका १९ जिल्लामा २३ शाखा सञ्चालनमा छन् ।

Tags: #उद्धार#राससमानव सेवासडक मानव उद्धार
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’
विविध

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८३
0

इटहरी : स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘तरहरा कोरा २०२६’ मा...

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही
विविध

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

by रासस
साउन ७, २०८३
0

तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा...

तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

तेह्रथुममा खुकुरी प्रहारबाट महिलाको हत्या

साउन ७, २०८३
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

साउन ७, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

तीन वर्ष कैद सजाय पाएका फरार प्रतिवादी धरानबाट पक्राउ

साउन ७, २०८३
झापा अदालतमा सात हजार ५४९ मुद्दामध्ये तीन हजार अझै विचाराधीन

झापा अदालतमा सात हजार ५४९ मुद्दामध्ये तीन हजार अझै विचाराधीन

साउन ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

साउन ७, २०८३
नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

साउन ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

तेह्रथुममा खुकुरी प्रहारबाट महिलाको हत्या

साउन ७, २०८३
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

साउन ७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    603 shares
    Share 241 Tweet 151
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    599 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.