मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधविरुद्धको महाअभियान ‘मेगा क्यान–२०८३’ सुरु गरेको छ।
आइतबार विराटनगरमा आयोजित कार्यक्रममा प्रभातफेरीसहित अभियानको शुभारम्भ गरिएको हो। महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो।
अभियानको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागूऔषध नियन्त्रण प्रहरीको मात्र नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चारमाध्यम र समुदायको साझा जिम्मेवारी भएको बताए।
कार्यक्रममा लागूऔषधविरुद्ध सचेतनामूलक नाटक, सांगीतिक प्रस्तुति तथा पूर्व लागूऔषध प्रयोगकर्ताको अनुभव समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो।
वक्ताहरूले युवापुस्तालाई कुलतबाट जोगाउन यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।













Discussion about this post