Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

रासस by रासस
जेष्ठ १०, २०८३
in समाचार
0
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय
59
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल प्रारम्भ भएको हो ।

छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले नीति तथा कार्यक्रम शब्दमा राम्रो रहे पनि यसमा समावेश गरिएका विषय वस्तु कार्यान्वयन योग्य नरहेको दाबी गरे ।

सदस्य राजेन्द्र कार्कीले नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, कृषि र रोजगारीका विषय समेटिए पनि यसको कार्यान्वयनमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

सदस्य गणेश उप्रेतीले सुकुमवासीको विषयमा नीति तथा कार्यक्रम मौण रहनु दुःखद भएको बताए ।

सदस्य होमबहादुर थापाले सबै क्षेत्रलाई समेट्ने गरी आएको नीति तथा कार्यक्रमले प्रदेशको विकासमा मार्ग चित्रको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सदस्य बाबुराम गौतमले सरोकारवालाहरुसँग छलफल नै नगरी ल्याएको नीति तथा कार्यक्रमबाट अपेक्षित जनता लाभान्वित नहुने दाबी गरे ।

सदस्य राधकृष्ण खनालले सरकारले नीति तथा कार्यक्रमबाट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश बन्ने आशा जागेको धारणा राखे ।

सदस्य प्रेमराज थाम्साङले प्रदेशको पर्याप्त स्रोतसाधनको अभावमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषय वस्तु मनन गर्दा आमनागरिकको उज्वल भविष्य निर्धारण गर्न मद्दत पुग्ने टिप्पणी गरे ।

सदस्य जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम नागरिकमैत्री, प्रदेशको योजना, स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्ने धारणा राखे । सदस्य किशोरचन्द्र दुलालले सरकारको मार्गचित्र झल्काउने यो नीति तथा कार्यक्रमबाट बन्ने वार्षिक बजेटबाट सरकारको बाटो स्पष्ट गरेको छ ।

आजको बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत भएको छ । सभाको अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्नेछ ।

Tags: #राससकोसी प्रदेशनीति तथा कार्यक्रमप्रदेशसभाप्रदेशसभा बैठक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विविध

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

by रासस
असार ३१, २०८३
0

सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.