नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना विराटनगर ४ जामुनगाछीबाट पक्राउ परेका छने ।
पक्राउ पर्नेमा विराटनगर ६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रवीन सहनी र १९ बर्षीय सुमित सहनी रहेका छन् ।
विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खोजतलासकै क्रममा जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो ।
साथै उनीहरुले चोरी गरी लगेको नेपाल टेलिकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसै गरी उनीहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यामाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।
चोरिएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानूनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post