इटहरी : सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–२ भानुचोकबाट प्रहरीले स्थानीय निश्चल लिम्बू र सुक्रराज तामाङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका–४ का फिर्ती चौधरी, रुद्रबहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
उता इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका–४ का सन्देश मगर र पारस राईलाई २ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post