Wednesday, May 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशी प्रदेशसभा बैठकमा पूर्वमुख्यमन्त्री किन कड्किए, भएको के हो ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशी प्रदेशसभा बैठकमा पूर्वमुख्यमन्त्री किन कड्किए, भएको के हो ?
54
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीचको विवाद चर्किँदा बुधबारको बैठक अवरुद्ध भएको छ।

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संसदीय प्रक्रिया मिचिएको आरोप लगाउँदै नाराबाजी गरेपछि बैठक शनिबारसम्मका लागि स्थगित गरिएको हो।

विवादको केन्द्रमा सभामुख अम्बरबहादुर विष्टले सरकारको नीति तथा कार्यक्रम ‘सर्वसम्मत’ रूपमा पारित भएको घोषणा गर्नु बनेको छ।

प्रतिपक्षी सांसदहरूको भनाइमा उनीहरूलाई संशोधन प्रस्ताव दर्ता गर्ने पर्याप्त समय नदिई प्रक्रिया अघि बढाइएको थियो। त्यसैकारण बुधबारको बैठक सुरु भएलगत्तै नेकपाका सांसदहरूले विरोध जनाएका थिए।

विरोधका क्रममा पूर्वमुख्यमन्त्री तथा नेकपा सांसद राजेन्द्र कुमार राई रोष्ट्रमसम्म पुगेका थिए। उनले आफू बोल्नका लागि रोष्ट्रममा गएको दाबी गरे पनि मर्यादापालकले रोकेपछि तनाव बढेको थियो। सो क्रममा रोष्ट्रममा रहेको माइक खोसाखोस हुँदा भाँचिएको बताइएको छ।

विपक्षी सांसदहरूले नीति तथा कार्यक्रममा असहमति जनाउँदै संशोधन हाल्ने तयारी गरेका थिए। “हामीले विपक्षमा मतदान गरेका थियौँ, संशोधन हाल्ने समय मागेका थियौँ, तर त्यो अवसर दिइएन,” राईले भने।

प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुख स्वयं गतिरोध अन्त्यतर्फ गम्भीर नदेखिएको आरोप लगाए। सत्ता पक्षबाट प्रतिपक्षलाई सम्बोधन गरेर अघि बढ्ने प्रस्ताव आए पनि सभामुखले त्यसलाई निष्कर्षमा नपुर्‍याएको उनको भनाइ थियो।

यता सभामुख अम्बरबहादुर विष्टले भने तोकिएको समयभित्र कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएकाले प्रक्रिया अनुसार नीति तथा कार्यक्रम पारित गरिएको स्पष्ट पारेका छन्।

उनले संसद्को अभिलेखमा नीति तथा कार्यक्रम प्रतिपक्षको असहमतिसहित बहुमतबाट पारित भएको उल्लेख गरिएको जानकारी पनि दिएका छन्।

प्रदेशसभा सञ्चालन नियमावलीको दफा ३७ अनुसार सांसदहरूले संशोधन प्रस्ताव हाल्न सक्ने व्यवस्था भए पनि ‘सभामुखले उपयुक्त ठहर गरेमा’ मात्र संशोधन अघि बढ्ने व्याख्यालाई लिएर पनि विवाद देखिएको छ। प्रतिपक्षी दलले यही बुँदालाई लिएर प्रक्रियामाथि प्रश्न उठाएको हो।

नीति तथा कार्यक्रम पारित हुँदा प्रतिपक्षी सांसदहरू चुप बसेको तर पारित भइसकेपछि मात्रै विरोधमा उत्रिएको भन्दै सत्ता पक्षका सांसदहरूले प्रतिपक्षमाथि उल्टै प्रश्न उठाएका छन्। तर नेकपाले भने प्रक्रिया नै अपारदर्शी भएकाले आफूहरू बाध्य भएर विरोधमा उत्रिनुपरेको दाबी गरेको छ।

लगातारको नाराबाजी र अवरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

त्यसपछि सभामुखको पहलमा सत्ता र प्रतिपक्षबीच छलफल भए पनि सहमति जुट्न सकेन। अन्ततः प्रदेशसभा बैठक जेठ १६ गते शनिबारसम्मका लागि स्थगित गरिएको छ।

Tags: कोसी प्रदेशप्रदेशसभाप्रदेशसभा बैठक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा...

माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
FEATURE BREAKING

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
0

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनले तत्कालीन सरकार नेतृत्व र सुरक्षा संयन्त्रको...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३
१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि घटना थाहा पाउने डरले हत्या गरे

खोटाङकी युवती हत्या प्रकरण अभियोगमा थप तीन पक्राउ

जेष्ठ १३, २०८३
भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

जेष्ठ १३, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

कोशीमा असुरक्षित गर्भपतन, सूचीकृत सेवा केन्द्र हुँदाहुँदै महिलाको ज्यान जोखिममा

जेष्ठ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

जेष्ठ १३, २०८३
माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

जेष्ठ १३, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३
१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि घटना थाहा पाउने डरले हत्या गरे

खोटाङकी युवती हत्या प्रकरण अभियोगमा थप तीन पक्राउ

जेष्ठ १३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1495 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    897 shares
    Share 359 Tweet 224
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन