इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बुधबार राति चारकोसे जङ्गलतर्फ बथानसहित जाँदै गरेको क्रममा हात्तीको बच्चा दलदलमा फसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बिहीबार बिहान दहमा टाउको भाग गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा चारकोसे जङ्गलबाट आउने जङ्गली हात्तीहरू बराहक्षेत्र–१ र २ क्षेत्रमा नियमित देखिँदै आएका छन्।
आहारा खोज्दै गाउँ पस्ने हात्तीहरूले खेतबारीमा क्षति पुर्याउने गरेपछि स्थानीय रातभर जाग्राम बसेर धपाउनुपर्ने अवस्था रहेको छ।
प्रहरी र वन कार्यालयले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।














Discussion about this post