Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १६, २०८३
in समाचार
0
इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको माग उठिरहे पनि सरोकारवालाहरूले स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन र गुणस्तर भएको निष्कर्ष निकालेका छन्।

लायन्स क्लब अफ इटहरी र ‘योगदान राष्ट्रका लागि’ संस्थाले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूले इटहरी अस्पतालको सेवा प्रवाह, उपकरण सञ्चालन, औषधि उपलब्धता, स्वास्थ्य बीमा कार्यान्वयन तथा जनशक्ति व्यवस्थापनमा गम्भीर कमजोरी रहेको औँल्याएका हुन्।

छलफलमा वक्ताहरूले अस्पतालमा उपलब्ध उपकरणसमेत प्रयोगविहीन अवस्थामा रहेको, एक्स–रे मेसिन लामो समयसम्म बिग्रिएर थन्किएको, डायलाइसिस सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको तथा आधारभूत औषधिसमेत अभाव हुने गरेको गुनासो गरे।

कतिपयले नयाँ अस्पताल खोल्नुभन्दा पहिले अहिलेका स्वास्थ्य संस्थाको क्षमता र सेवा गुणस्तर सुधार गर्नुपर्ने धारणा राखे।

इटहरीमा अर्को अस्पताल आवश्यक छ कि, नागरिकको पहुँचभित्र गुणस्तरीय सेवा आवश्यक छ भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा स्वास्थ्य सेवासँगै खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, विषादी नियन्त्रण, अटिजम भएका बालबालिकाको उपचार, रक्तसञ्चार केन्द्र स्थापना, डिजिटल स्वास्थ्य अभिलेख र ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवाजस्ता विषय पनि उठाइएका थिए।

सहभागीहरूले स्वास्थ्य समस्या अस्पतालभित्र मात्र सीमित नरहेको भन्दै विषादीयुक्त खाद्यान्न, अस्वस्थ जीवनशैली, मानसिक तनाव र स्वास्थ्य चेतनाको अभावले दीर्घकालीन चुनौती सिर्जना गरिरहेको बताए।

त्यसैले उपचारमुखीभन्दा निरोधात्मक स्वास्थ्य प्रणालीमा लगानी बढाउनुपर्नेमा जोड दिइयो।

छलफलको निष्कर्षमा इटहरीको स्वास्थ्य क्षेत्रका लागि दीर्घकालीन ‘हेल्थ रोडम्याप’ तयार गरी स्थानीय सरकार, निजी क्षेत्र र सामाजिक संस्थाबीच समन्वयात्मक ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

स्वास्थ्य सेवा विस्तारको बहसभन्दा पनि सेवा गुणस्तर, पहुँच र व्यवस्थापन सुधार अहिलेको प्रमुख आवश्यकता भएको सहभागीहरूको साझा धारणा देखिएको छ।

Tags: अस्पतालइटहरी अस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.