Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

रासस by रासस
जेष्ठ २२, २०८३
in विविध, समाचार
0
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक
59
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ ।

उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । यसले धरानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याएको छ ।

धनकुटाको छथर जोरपाटीबाट परिवारसहित धरान घुम्न आएकी रमिला राई ज्येष्ठ नागरिक उद्यान पुगिन् । अवलोकनपछि उनले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधा सम्पन्न उद्यान निर्माण हुनु खुसीको विषय भएको बताइन् ।

“हामीजस्ता बूढाबूढीका लागि यस्तो उद्यान बनेकामा धेरै खुसी लागेको छ । हिँड्न सजिलो, बस्न मिल्ने र शान्त वातावरण भएकाले यहाँ समय बिताउन निकै रमाइलो लाग्यो”, उनले भनिन्, “पहिले झाडीले ढाकिएको घना जङ्गल रहेको स्थानमा अहिले सुन्दर उद्यान निर्माण भएको देख्दा निकै खुसी लागेको छ ।”

उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका आकर्षक साना घर निर्माण गरिएका छन् । ग्रामीण परिवेश झल्काउने यी संरचनाले उद्यानको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । साथै उद्यानभित्र आकर्षक पोखरीसमेत निर्माण गरिएको छ । पोखरीले उद्यानको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ ।

निर्माण समितिका भूपू सैनिक इन्जिनियर दीपेन्द्र राईका अनुसार उद्यानको आन्तरिक आर्किटेक्चरल तथा संरचनागत डिजाइन थ्रीडी मोडलिङका आधारमा तयार गरिएको हो । सैनिक जीवनमा हासिल गरेको अनुभवलाई यस परियोजनामा उपयोग गरिएको उनले बताए ।

श्रमदान र दाताको सहयोगमा निर्माण भइरहेको उद्यानमा प्राप्त सुझावअनुसार संरचनामा आवश्यक परिमार्जन गर्दै अन्तिम रूप दिइँदै लगिएको उनको भनाइ छ । उद्यान विशेषगरी ज्येष्ठ नागरिकको शारीरिक अवस्था र सहजतालाई ध्यानमा राखेर बनाइँदै छ । बस्नका लागि चौतारा, विश्रामस्थल तथा छोटो दूरीमै आराम गर्न सकिने संरचना निर्माण गरिएका छन् ।

त्यसैगरी, हिँडडुलमा सहजता हुनेगरी अपाङ्गतामैत्री पैदलमार्ग निर्माण गरिएको छ । ह्वीलचेयर प्रयोगकर्ताका लागि पनि अनुकूल संरचना तयार पारिएको छ । उद्यानभित्र एकतर्फी प्रवेश र अर्कोतर्फ सहज निकास हुने आवागमन प्रणालीसमेत समावेश गरिएको इन्जिनियर राईले जानकारी दिए ।

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै हल्का शारीरिक अभ्यास तथा मनोरञ्जनका सामग्री राखिने व्यवस्था गरिएको छ । प्राथमिक उपचारका लागि मेडिकल कक्ष निर्माण गरिएको छ भने विश्रामका लागि आरामघर निर्माणाधीन अवस्थामा छन् । केही संरचनाको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको काम क्रमशः सम्पन्न गर्दै लगिने उनले बताए ।

दाताहरूको सहयोगमा निर्माण गरिएका साना घरमा विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान झल्काउने सिलाम साक्मादेखि चिन्दोसम्मका सांस्कृतिक सामग्री तथा प्रतीकहरू राखिएका छन् । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना तथा सांस्कृतिक सामग्रीको समायोजनले निर्माणाधीन उद्यानलाई धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।

ज्येष्ठ नागरिक उद्यान नजिकै श्रम संस्कृति उद्यान निर्माण गरिएको छ । सोही क्षेत्रभित्र एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबी रोज गार्डेन, झाँक्री दह, श्रमदान चौतारी, आरा धरान तथा मौनता क्षेत्र (ग्रीन बुद्ध) निर्माण भइसकेका छन् । साथै सिङ्गापुर पुलिस, ब्रिटिस आर्मी र भारतीय सेनाका भूपू सैनिकहरूले गोर्खा चौतारी निर्माण गरेका छन् ।

श्रमबाट प्रेरित कलाकृति तथा श्रमको झल्को दर्साउने संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

अहिले दैनिक रूपमा हजारौँ पर्यटक ज्येष्ठ नागरिक उद्यान तथा आसपासका उद्यान अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी दिनेश मगरले बताए । यस क्षेत्रमा दर्जनौँ आकर्षक उद्यान निर्माण गरिएका छन् । पहिला आवागमन शून्य जस्तै रहेको यस ठाउँमा अहिले दैनिक सयौँ पर्यटक घुम्न आउँछन् ।

Tags: #धरान#राससपर्यटक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते
FEATURE BREAKING

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.