Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

रासस by रासस
भदौ २०, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
75
SHARES
Share on FacebookShare on Twitter

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ ।

खोजी कार्य जारी रहे पनि फेला नपरेपछि, हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार गरेका छन् । मोरङको बेलबारी वडा नं ९ का राजेन्द्रप्रसाद धमला र आमा नैनाकला कट्टेल धमलाका कान्छा छोरा अनोज भर्खर २३ वर्ष पुगेका थिए ।

घरनजिकै नलबारी चोकमा पसल चलाएर परिवारको गुजारा चलाइरहेका बुबा र क्यान्सर रोगसँग लडिरहेकी आमाका लागि अनोज र उनका दाजु अनिष ठूलो आधार थिए । दाजु अनिष स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गराउँछन् ।

स्थानीय शिव शङ्कर श्रेष्ठका अनुसार अनोज एक मेधावी र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएका युवा थिए । कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्न उनले इटहरीमा बसेर कडा मेहनतका साथ पढे ।

भाषा परीक्षा उत्तीर्ण पनि भए । तर कोरियाले मागेको सङ्ख्याभन्दा पास हुने परीक्षार्थीको सङ्ख्या धेरै भएपछि उनको कोरिया जाने सपना अड्किएको थियो ।

तत्कालै कोरिया जाने ढोका नखुलेपछि उनी आफ्नै मामा सोमनाथ कट्टेलको ‘सम्राट टुर एण्ड ट्राभल्स’मा काम गर्न थाले । सोही क्रममा पर्यटकीय टोलीलाई धार्मिक तथा पर्यटकीयस्थल घुमाउने क्रममा यसपटक उनी ‘मानसरोवर’ जाँदै थिए । तर मानसरोवरतर्फको यात्रामा निस्किएकै बेला रसुवा बाढीले उनीहरूलाई बडार्‍यो ।

“पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित घटना घट्न पुग्यो”, अनोजका सानोबुबा राजन घिमिरेले भावुक हुँदै भने, “हामीले साह्रै इमानदार र क्षमतावान् छोरो गुमाउनुपर्‍यो, यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पुर्‍याएको छ ।”

बाढीमा बेपत्ता भएका सराटनगर–७ निवासी मामा सोमनाथ कट्टेलको बुधबार नै कुशको शव बनाएर दाहसंस्कार गरिसकिएको छ भने भान्जा अनोजको भौतिक शरीर फेला नपरेपछि शुक्रबार कुशको प्रतीक बनाएर लक्ष्मीमार्गको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो ।

विपद् परेको धमला परिवारका लागि कहालीलाग्दो रह्यो । बाढीलगत्तै अनोज बेपत्ता भएको खबर आए पनि क्यान्सर पीडित आमा र वृद्ध बुबालाई त्यो आघात सहन गाह्रो हुन्छ भनेर दाजु अनिषले मन दह्रो बनाएर साँचो कुरा लुकाएका थिए ।

“मानसरोवर जाने क्रममा बाढी आएकाले भाइ पर्यटकसँगै चीनतर्फ प्रवेश गरिसकेको छ, उसलाई केही भएको छैन, नेटवर्क नभएर सम्पर्क मात्र नभएको हो”, भनेर अनिषले एक सातासम्म बुबाआमालाई सान्त्वना दिइरहे । तर समय बित्दै जाँदा र भाइको कुनै अत्तोपत्तो नपाउँदा परिवारको पीडा र शङ्का झन् बढेर गयो । अन्त्यमा, अनिषले आँसु थाम्न नसकेर बुबाआमालाई भाइ बाढीमा फेला नपरेको कठोर सत्य सुनाउन बाध्य बन्नुपर्‍योे ।

दश दिनसम्म छोरा कतैबाट आउला भन्ने आशामा छटपटाएका आमाबाबुले अन्ततः कुशको प्रतीकलाई नै छोरा मानेर चित्त बुझाउनुपर्‍यो ।

Tags: #मोरङटाकुरा विशेष
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई...

धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)
समाचार

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

विराटनगर : विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्राको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्राले धार्मिक आस्था, सांस्कृतिक मौलिकता,...

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन