Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

रासस by रासस
भदौ २०, २०८३
in टाकुरा विशेष, समाचार
0
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ
294
SHARES
Share on FacebookShare on Twitter

मोरङ : भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ । ‘कतैबाट सकुशल फर्किएलान् कि १’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ ।

खोजी कार्य जारी रहे पनि फेला नपरेपछि, हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार गरेका छन् । मोरङको बेलबारी वडा नं ९ का राजेन्द्रप्रसाद धमला र आमा नैनाकला कट्टेल धमलाका कान्छा छोरा अनोज भर्खर २३ वर्ष पुगेका थिए ।

घरनजिकै नलबारी चोकमा पसल चलाएर परिवारको गुजारा चलाइरहेका बुबा र क्यान्सर रोगसँग लडिरहेकी आमाका लागि अनोज र उनका दाजु अनिष ठूलो आधार थिए । दाजु अनिष स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गराउँछन् ।

स्थानीय शिव शङ्कर श्रेष्ठका अनुसार अनोज एक मेधावी र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएका युवा थिए । कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्न उनले इटहरीमा बसेर कडा मेहनतका साथ पढे ।

भाषा परीक्षा उत्तीर्ण पनि भए । तर कोरियाले मागेको सङ्ख्याभन्दा पास हुने परीक्षार्थीको सङ्ख्या धेरै भएपछि उनको कोरिया जाने सपना अड्किएको थियो ।

तत्कालै कोरिया जाने ढोका नखुलेपछि उनी आफ्नै मामा सोमनाथ कट्टेलको ‘सम्राट टुर एण्ड ट्राभल्स’मा काम गर्न थाले । सोही क्रममा पर्यटकीय टोलीलाई धार्मिक तथा पर्यटकीयस्थल घुमाउने क्रममा यसपटक उनी ‘मानसरोवर’ जाँदै थिए । तर मानसरोवरतर्फको यात्रामा निस्किएकै बेला रसुवा बाढीले उनीहरूलाई बडार्‍यो ।

“पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित घटना घट्न पुग्यो”, अनोजका सानोबुबा राजन घिमिरेले भावुक हुँदै भने, “हामीले साह्रै इमानदार र क्षमतावान् छोरो गुमाउनुपर्‍यो, यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पुर्‍याएको छ ।”

बाढीमा बेपत्ता भएका सराटनगर–७ निवासी मामा सोमनाथ कट्टेलको बुधबार नै कुशको शव बनाएर दाहसंस्कार गरिसकिएको छ भने भान्जा अनोजको भौतिक शरीर फेला नपरेपछि शुक्रबार कुशको प्रतीक बनाएर लक्ष्मीमार्गको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो ।

विपद् परेको धमला परिवारका लागि कहालीलाग्दो रह्यो । बाढीलगत्तै अनोज बेपत्ता भएको खबर आए पनि क्यान्सर पीडित आमा र वृद्ध बुबालाई त्यो आघात सहन गाह्रो हुन्छ भनेर दाजु अनिषले मन दह्रो बनाएर साँचो कुरा लुकाएका थिए ।

“मानसरोवर जाने क्रममा बाढी आएकाले भाइ पर्यटकसँगै चीनतर्फ प्रवेश गरिसकेको छ, उसलाई केही भएको छैन, नेटवर्क नभएर सम्पर्क मात्र नभएको हो”, भनेर अनिषले एक सातासम्म बुबाआमालाई सान्त्वना दिइरहे । तर समय बित्दै जाँदा र भाइको कुनै अत्तोपत्तो नपाउँदा परिवारको पीडा र शङ्का झन् बढेर गयो । अन्त्यमा, अनिषले आँसु थाम्न नसकेर बुबाआमालाई भाइ बाढीमा फेला नपरेको कठोर सत्य सुनाउन बाध्य बन्नुपर्‍योे ।

दश दिनसम्म छोरा कतैबाट आउला भन्ने आशामा छटपटाएका आमाबाबुले अन्ततः कुशको प्रतीकलाई नै छोरा मानेर चित्त बुझाउनुपर्‍यो ।

Tags: #मोरङटाकुरा विशेष
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    720 shares
    Share 288 Tweet 180
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.