इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशनबाट इनरुवाका सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार सभापति पदमा दाहालले १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धीहरू मोहन निरौला, कृष्ण रौनियार र चक्र विष्टले क्रमशः ६२, ७४ र १० मत प्राप्त गरेका थिए।
उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन् भने प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरेकी थिइन्।
सचिवमा राजाराम कुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
त्यस्तै, सदस्य पदतर्फ लक्ष्मी सुवेदी (२०९), राजकुमारी मेहता (१६९), रेणुका हरिजन (१०९), धरमवीर आर्य (११२) र गोकुल थापा (१०७) मतसहित निर्वाचित भएका छन्।
अधिवेशनले जिल्ला तहमा नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
यो पनि – रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव













Discussion about this post