Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

रासस by रासस
जेष्ठ २९, २०८३
in समाचार
0
चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै
63
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ ।

बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्‍याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो ।

आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत हालसम्म २० घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुई वटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ ।

“काम चरणबद्ध रूपमा अघि बढिरहेको छ”, उनले भने, “आगामी आर्थिक वर्षभित्रै सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।”

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार यस आयोजनाको अनुमानित लागत करिब रु एक करोड रहेको छ । आयोजना सम्पन्न भएपछि बजार क्षेत्र पर्ने करिब २५ घरपरिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन् ।

स्थानीय बासिन्दाका अनुसार सुन्तले क्षेत्रमा वर्षात्को समयमा पानीको अभाव खासै नदेखिए पनि हिउँदका करिब पाँच महिना गम्भीर समस्या रहने गरेको छ । टाढाटाढाबाट पानी बोक्नुपर्ने बाध्यता, असुरक्षित स्रोतमा निर्भरता र समयको धेरै खर्च हुने भएकाले स्थानीयको दैनिकीमा चुनौती बनेको थियो ।

स्थानीय दशरथ राईले आयोजना सम्पन्नपछि यो समस्या स्थायी रूपमा समाधान हुने बताए । “हामीले वर्षौँदेखि पानीको दुःख भोग्दै आएका छौँ, अब लिफ्ट आयोजना पूरा भएपछि घरमै धारा आउनेछ । हाम्रो जीवनशैली सहज हुन्छ भन्ने आशा छ”, उनले भने ।

त्यसैगरी, अर्का स्थानीय खगेन्द्रकुमार ओझाले विशेषगरी हिउँदयाममा पानी अभाव चरम हुने गरेको बताए । पानी अभावमा यहाँ आउने पयर्टकलाई पनि असहजता हुने गरेकामा अब त्यो समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गरे ।

“पाँच महिनासम्म निकै समस्या हुन्थ्यो”, उनले भने, “पानी ल्याउन धेरै समय खर्चिनुपर्थ्यो । खानेपानी आयोजनाको सुरु भएपछि हामी उत्साहित भएका छौँ यो आयोजना पूरा भएपछि त्यो समस्या हट्ने अपेक्षा गरेका छौँ ।”

लिफ्ट प्रविधिबाट सञ्चालन हुने यस आयोजनाले बस्तीभन्दा तल रहेको मुहानको पानीलाई मोटर प्रणालीमार्फत माथिल्लो बस्तीमा पुर्‍याइने छ ।

सुन्तले क्षेत्र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बन्दै गइरहेको छ । यो आयोजना सम्पन्न भएपछि सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधासँगै सुन्तले क्षेत्रको समग्र विकासमा पनि टेवा पुग्ने स्थानीयको भनाइ छ ।

स्वच्छ खानेपानीको उपलब्धताले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयवासीले बताएका छन् ।

Tags: #भोजपुरखानेपानी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत
खेलकुद

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

by माधव पोख्रेल
अशोज १५, २०८३
0

 उदयपुर । उदयपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा चौदण्डीगढी नगरपालिका–७, बेल्टारका युवा समाजसेवी अनुपराज खत्री मनोनीत भएका छन् । खेलकुद...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३
कोशीमा आवधिक योजना सार्वजनिक

प्रदेश योजना आयोगमा खतिवडा र राई नियुक्त

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.