Friday, June 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

रासस by रासस
जेष्ठ २९, २०८३
in विविध, समाचार
0
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता
49
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका-४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ।

धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो।

दरबार क्षेत्रमा प्यागोडा शैलीको तीनतले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु दुई करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माण भएको गाउँपालिका कार्यालयले जनाएको छ । मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा निर्माण भएको दरबारका संरचना भगवती बौद्ध जेभी इलामले निर्माण गरेको हो।

दरबारमा अवलोकनका अन्य सामग्री नभए पनि यसको आकर्षक बनोट, यहाँको भूगोल र इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षण गर्ने गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए।

उनका अनुसार यहाँ पुग्ने पर्यटकले राजा हिलिहाङको समयका बैठकस्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इँटा, खड्पललगायत संरचनाको अवलोकन गर्न पाउँछन्। त्यस्तै राजा हिलिहाङले शक्ति प्राप्त गरेको विश्वास गरिने युमा साम्माङ माङयुक्ना हिम (महारानी शक्तिपीठ) को दर्शन गर्ने प्रचलन रहिआएको उनले जानकारी दिए।

नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनेपछि राजा हिलिहाङ तथा दरबारबारे खोजी सुरु भएको थियो । हिलिहाङ फाउन्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ।

गाउँपालिकाले हिलिहाङ महोत्सव गर्नुका साथै कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय स्थापना गरेपछि यस क्षेत्रबारे थप चासो बढेको अध्यक्ष अधिकारीले बताए। उनका अनुसार पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्विक सम्पदाबारे खोजी गरिरहेको छ ।

समुद्री सतहबाट एक हजार ८२० मिटर उचाइमा पर्ने हिलिहाङ दरबार क्षेत्र जङ्गलको बीचमा अवस्थित छ । शान्त, एकान्त र सुन्दर हरियालीमा अवस्थित यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाको पहलमा सडक विस्तार भएपछि पर्यटकको आवागमन सहज भएको छ। गाउँपालिकाले पाँच वर्ष अघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको अध्यक्ष अधिकारीले जानकारी दिए।

उनका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउने, हिलिहाङ राजाको शासनकालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ। दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीसहित पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न पालिकाले लगानी गरिरहेको उनले बताए।

“नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर विसं १८३१ साउनमा राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम (जिल्ला)लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिनुभएको इतिहास छ । विसं १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बूवानका अन्तिम राजा भन्ने गरिन्छ”, अध्यक्ष अधिकारीले भने।

पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उहाँसँग रुष्ट पक्षले दरबार र राज्यसत्तामा दखल दिएकाले दरबारको संरक्षण हुन नसक्दा भत्किएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

अध्यक्ष अधिकारीका अनुसार उक्त दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खालहरू अझैपनि दरबार परिसरमा छन्।

Tags: #पाँचथर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
FEATURE BREAKING

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको अनलाइन जनरल ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा ल्याएको छ। प्रतिष्ठानले...

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित
FEATURE BREAKING

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

by रासस
जेष्ठ २९, २०८३
0

इलाम : चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ...

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

जेष्ठ २९, २०८३
भोजपुर : ‘एक घर एक धारा’ अभियान

भोजपुर : ‘एक घर एक धारा’ अभियान

जेष्ठ २८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

जेष्ठ २९, २०८३
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जेष्ठ २९, २०८३
चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

जेष्ठ २९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन