Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको बजेट घट्यो, पुरानै योजना दोहोरियो : २ अर्ब ५२ करोड बजेटमा कार्यान्वयनको चुनौती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
in समाचार
0
इटहरीको बजेट घट्यो, पुरानै योजना दोहोरियो : २ अर्ब ५२ करोड बजेटमा कार्यान्वयनको चुनौती
88
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा करिब २ करोड ९२ लाख रुपैयाँ कम रहेको बजेटमा भौतिक पूर्वाधार, राजस्व व्यवस्थापन, डुबान नियन्त्रण र शहरी विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । तर, बजेटमा समेटिएका कतिपय योजना विगत वर्षदेखि दोहोरिँदै आएका र कार्यान्वयनमा चुनौती देखिएका कार्यक्रम पुनः समावेश भएपछि यसको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

बुधवार सम्पन्न १८औँ नगरसभामा उपप्रमुख सङ्गीता कुमारी चौधरीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन, कोशी राजमार्गमा दुई स्थानमा आकाशे पुल निर्माण, डुबान नियन्त्रण, अतिक्रमण हटाउने अभियान तथा टेङ्ग्रा खोला करिडोर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

तर बजेटको अध्ययन गर्दा नयाँ कार्यक्रमभन्दा पुराना घोषणा दोहोरिएको देखिन्छ ।

आर्थिक वर्ष २०८०।८१ मै आकाशे पुल निर्माणका लागि विनियोजन गरिएको बजेट अपेक्षित उद्देश्यअनुसार कार्यान्वयन हुन नसकेको अवस्थामा सोही परियोजना पुनः बजेटमा समेटिएको छ । यसअघि आकाशे पुल निर्माणका लागि छुट्याइएको रकम अन्यत्र खर्च भएको विषय विवादमा परेको थियो ।

यस्तै, वर्तमान जनप्रतिनिधिले पहिलो कार्यकालको सुरुवातमै घोषणा गरेको ‘जेठ मसान्तभित्र योजना सम्पन्न गर्ने’ नीति पनि फेरि दोहोरिएको छ । विगत दुई वर्षमा समेत अधिकांश योजना समयमै सम्पन्न हुन नसकेका बेला पुनः सोही प्रतिबद्धता दोहोरिनुले कार्यान्वयन पक्षको क्षमतामाथि प्रश्न उठाएको छ ।

डुबान नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ । एसियाली विकास बैंक र जाइकासँगको सहकार्यमा सडक तथा डुबान नियन्त्रणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ । तर डुबान व्यवस्थापन चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामध्ये एक भए पनि त्यसको प्रत्यक्ष उपलब्धि अझै देखिन नसकेको स्थानीयको गुनासो छ ।

बजेटमा खेती खोला, सुकुमारी पैनी तथा अन्य जलमार्गमा भएका अतिक्रमण हटाउने कार्यक्रम समावेश गरिएको छ । यसअघि तीन पटकसम्म सूचना जारी गरेर अतिक्रमित संरचना हटाउने तयारी भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । आगामी वर्षका लागि पनि सोही कार्यक्रम दोहोरिएको छ ।

त्यस्तै, टेङ्ग्रा खोला किनारमा करिडोर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको छ । तर सम्बन्धित खोलाको ‘राइट अफ वे’ अर्थात् कानुनी सीमारेखा नै स्पष्ट नभएको अवस्थामा करिडोर निर्माणको अवधारणा अघि बढाइएकाले यसले थप कानुनी तथा प्राविधिक चुनौती निम्त्याउन सक्ने देखिन्छ ।

बजेट संरचनातर्फ हेर्दा कुल बजेटको ३७.५९ प्रतिशत अर्थात् ९४ करोड ८३ लाख ७० हजार रुपैयाँ चालु खर्चमा विनियोजन गरिएको छ भने १ अर्ब २९ करोड ४६ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ । वित्तीय व्यवस्थाअन्तर्गत साँवा–ब्याज भुक्तानीका लागि १ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ५६ करोड ३० लाख ४० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । साथै २५ करोड रुपैयाँ स्थानीय राजस्व बाँडफाँड र ८ करोड ८० लाख रुपैयाँ नगर विकास कोषको ऋणबाट जुटाउने अनुमान गरिएको छ ।

बजेटले इटहरीको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माणको घोषणा गरेको छ । तर नगरसभामा प्रस्तुत कार्यक्रमहरूको सूची हेर्दा नयाँ दृष्टिकोणभन्दा अधुरा र कार्यान्वयनको प्रतीक्षामा रहेका पुराना योजनाहरूलाई पुनः निरन्तरता दिइएको देखिन्छ ।

यसले आगामी वर्षको सफलता बजेटको आकारमा भन्दा पनि कार्यान्वयन क्षमतामा निर्भर रहने संकेत गरेको छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाबजेटबजेट भाषण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.