Saturday, July 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन
50
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गृहमन्त्री सुदन गुरुङले शनिबार इटहरीमा सर्वसाधारणबाट प्रहरीले जाहेरी नलिएको गुनासो सुनेपछि सम्बन्धित प्रहरी अधिकारीलाई जिम्मेवार भएर कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

कोशी प्रदेश भ्रमणका क्रममा विराटनगरका विभिन्न सुरक्षा निकायको निरीक्षण सकेर धरान जाने क्रममा गृहमन्त्री गुरुङ इटहरी–१६ स्यार्सेकालीस्थित इन्दिरा स्टाफ होटलमा खाना खान पुगेका थिए। खाना खाने क्रममा स्थानीय सर्वसाधारणले आफ्ना समस्या र गुनासा गृहमन्त्रीसमक्ष राखेका थिए।

त्यसक्रममा एक स्थानीयले लेनदेनसम्बन्धी विवादमा छिमेकीबाट कुटपिटमा परे पनि इलाका प्रहरी कार्यालय पकलीले आफ्नो जाहेरी दर्ता नगरेको गुनासो गरेका थिए।

पीडितको कुरा सुनेपछि गृहमन्त्री गुरुङले तत्काल उपस्थित प्रहरी अधिकारीलाई मुद्दाको कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिए।

पीडितले आफू अन्यायमा परेको बताएपछि गृहमन्त्रीले प्रहरी अधिकारीतर्फ संकेत गर्दै, ‘यो मुद्दा समाधान गर्नुहोस्, कानुनी प्रक्रियाअनुसार अघि बढ्नुस्,’ भन्दै जिम्मेवार बन्न निर्देशन दिएका थिए।

उक्त अवसरमा मिर्गौला रोगबाट पीडित एक व्यक्तिले घरधनीले कोठाबाट निकालेको र उपचारका क्रममा अस्पतालबाट समेत समस्या भएको गुनासो गरेका थिए। गृहमन्त्री गुरुङले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए।

यसअघि शनिबार बिहान बुद्ध एयरको विमानमार्फत विराटनगर पुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, रानीस्थित जोगबनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका थिए।

जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले हिरासत कक्ष, शाखा र ब्यारेकको अवलोकन गर्नुका साथै प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गरेका थिए।

उनले प्रहरीलाई नागरिकप्रति उत्तरदायी, सेवामुखी र जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै अपराध नियन्त्रण र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जोड दिएका थिए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन र भौतिक पूर्वाधार सुधार सरकारको प्राथमिकतामा रहेको बताए।

बजेट अभावका कारण निर्माणमा ढिलाइ भए पनि स्रोत व्यवस्थापन गरी आवश्यक पूर्वाधार निर्माणलाई अघि बढाइने उनको भनाइ थियो।

विराटनगर र इटहरीका कार्यक्रम सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ थप कार्यक्रमका लागि धरानतर्फ प्रस्थान गरेका थिए।

भिडियो

Tags: टाकुरा विशेषसुदन गुरुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
समाचार

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

मोरङ : मोरङको लेटाङमा दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित
FEATURE BREAKING

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

इटहरी : अमेरिकी समाचार संस्था सीएनएनले विश्वका उत्कृष्ट गन्तव्यमध्ये एकमा सूचीकृत गरेको धनकुटाको नाम्जे गाउँमा पर्यटकको चहलपहल बढ्दो छ। तर,...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

असार २०, २०८३
इलामको चियाबारी

इलामको चियाबारी

असार २०, २०८३
इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

असार २०, २०८३
‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

असार २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

असार २०, २०८३
विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

असार २०, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

असार २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    760 shares
    Share 304 Tweet 190
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    358 shares
    Share 143 Tweet 90
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन