मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्।
देवरले आफ्नै भाउजूको हत्या गरेपछि रोक्न पुगेका उनलाई पनि आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब ८ः३० बजेतिर ग्रामथान–६ झोवाबनीका २१ वर्षीय सौचन खवासले आफ्ना दाइकी श्रीमती २० वर्षीया सीमा राजवंशीमाथि धारिलो खुकुरी प्रहार गरेका थिए।
घाँटीमा गम्भीर चोट लागेपछि सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका क्रममा बचाउन पुगेका ४४ वर्षीय शिवलाल खवासको दाहिने कुममा समेत खुकुरी प्रहार भएको छ।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरीले हत्यामा संलग्न खवासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार हत्या हुनुको कारण खुल्न बाँकी रहेको छ।




















Discussion about this post