Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

तीन जना चढेको मोटरसाइकल र स्कुटर अनियन्त्रित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

76
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी र झापामा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनाले दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धानले दुवै दुर्घटनामा तीव्र गति मुख्य कारण देखिएको छ भने सुनसरीको घटनामा ट्राफिक नियमविपरीत एउटै मोटरसाइकलमा तीन जना सवार रहेको पनि खुलेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ केराबारीमा बिहीबार राति करिब ११ः१० बजेतिर मधेश प्रदेश ०१–००५ प ८३६० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकछेउमा थुपारिएको ढुंगामा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१४ का २१ वर्षीय शिवानन्दन यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षीय शेखर मण्डल र १९ वर्षीय रविन यादव गम्भीर घाइते छन्। उनीहरूको न्यूरो अस्पतालमै उपचार भइरहेको छ। तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस्तै, झापाको कमल गाउँपालिका–२ छलफल चोकस्थित भित्री सडकमा बिहीबार साँझ करिब ६ः४० बजेतिर मे ११ प १६१८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार धादिङको थाक्रे गाउँपालिका–११ घर भई झापाको कमल–६ बस्दै आएका ३० वर्षीय राजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर चालक इलामको माई नगरपालिका–१ घर भई झापाको दमक–५ बस्दै आएका १९ वर्षीय राजन महत गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रिफर गरिएको छ।

दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’
FEATURE BREAKING

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार...

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार...

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३
विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

असार २८, २०८३
रुद्राक्षको राजधानी दिङ्ला बजार

रुद्राक्षको राजधानी दिङ्ला बजार

असार २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

असार २८, २०८३
मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    596 shares
    Share 238 Tweet 149
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    399 shares
    Share 160 Tweet 100
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.