Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
in FEATURE BREAKING, समाचार
0
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

सांकेतिक तस्बिर । तस्बिर स्रोत : एआई ।

50
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरमा लागूऔषध सेवन (लापसे) गरी सवारी चलाइरहेका १० चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बढ्दो सवारी दुर्घटना रोक्न सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा सार्वजनिक सवारीका नौ चालक र एक मोटरसाइकल चालक पक्राउ परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर–१६ हुलास चोकमा चिकित्सकको उपस्थितिमा लापसे परीक्षण गर्दा १० चालकको रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये नौ जना सिटी सफारी चालक र एक जना मोटरसाइकल चालक रहेका छन्।

पक्राउ पर्नेमा विराटनगर–१८ का २१ वर्षीय सुभाष यादव रहेका छन् । उनी प्र १–०४–००२ प २२३६ नम्बरको मोटरसाइकलका चालक हुन् ।

त्यसैगरी विराटनगर–१४ का २४ वर्षीय दिलावर अन्सारी (प्र १–०२–००४ ह २९०२), कटहरी गाउँपालिका–४ का २७ वर्षीय उमेशकुमार ऋषिदेव (प्र १–०१–००२ ह ३२७७), विराटनगर–१२ का २२ वर्षीय मोहम्मद हुसेन (प्र १–०२–००४ ह ७३४०), विराटनगर–१५ का ३१ वर्षीय विशाल साह (प्र १ ह ०९५६), विराटनगर–४ का २२ वर्षीय अभिषेक यादव ( प्र१–०२–००४ ह ०३३५) पक्राउ परेका छन् ।

त्यस्तै, पक्राउ पर्ने अन्यमा विराटनगर–१३ का २८ वर्षीय सुरज मण्डल (प्र १–०२–००३ ह ६२३९), विराटनगर–९ का ४२ वर्षीय रजक मियाँ (प्र ०२–००२ ह ९३६२), विराटनगर–६ का २४ वर्षीय शिवम साह (प्र १–०३–००३ ह ७४९१) र विराटनगर–८ का २३ वर्षीय आयुष घिमिरे (प्र १–०२–००४ ह ८३१०) रहेका छन् । सुभाष यादवबाहेक पक्राउ पर्नेहरु सबै सिटी सफारी चालक हुन् ।

उनीहरूलाई सम्बन्धित सवारीसाधनसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

मोरङ प्रहरीका अनुसार पछिल्लो समय मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेकाले यस्ता विशेष चेकजाँचलाई निरन्तरता दिइनेछ।

जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालले मापसे वा लापसे गरेर सवारी नचलाउन चालकलाई आग्रह गर्दै उल्लंघन गर्नेविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।

साथै, यस्ता गतिविधिबारे जानकारी भए नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको १०३ मा सूचना दिन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

Tags: #पक्राउ#लागूऔषध#विराटनगर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
FEATURE BREAKING

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

खोटाङ : खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा तीन दाजुभाइबीच भएको झगडा ज्यान जाने घटनामा परिणत भएको छ। झगडामा गम्भीर घाइते भएका...

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.