गएको २४ घण्टामा प्रदेश १ मा आज १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिले सम्मकै धेरै संक्रमण हो ।संक्रमित मध्ये मोरंगका मात्र १६७ जना रहेका छन् ।
यसैगरि सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् ।
मोरंगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष छन् । झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यो वृद्धि भएसगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।
प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post