विराटनगर : मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रंगेली–३ आमतोलाका १८ वर्षीय सिटी चालक मोहम्मद अरमान, सुनबर्षी–९ का २१ वर्षीय क्याफे सञ्चालक सुमन कुमार साह, रंगेली–७ का २० वर्षीय करण मण्डल, सोही ठाउँका १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादव छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत साउन ३ गते बिहान सुनवर्षी नगरपालिका–१ की एक बालिकालाई रङ्गेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर उनीहरूले जबरजस्ती करणी गरेका थिए।
सुरुमा सिटी चालक असमानले र क्याफेका सञ्चालक साहले समेत करणी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यसको भोलिपल्ट राति पीडितलाई पुनः रङ्गेली–७ स्थित संसारी मन्दिरछेउको ‘द ९० एस’ नामक क्याफेमा लगिएको थियो। त्यहाँ मण्डलसँगै प्रियान्सु साह र रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको छ ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको संयुक्त टोलीले पाँचै जनालाई पक्राउ गरेको हो।
















Discussion about this post