इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते आज राति १२ः१५ बजेदेखि इनरुवा नगरपालिका–३ र ६ को सीमा (घोपाली टोल)देखि कोशी ब्यारेज पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश हटाइएको हो।
यसअघि उक्त क्षेत्रमा सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको जनाएको छ। यद्यपि, जिल्लाका केही संवेदनशील क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा भने यथावत् रहेको प्रशासनले जनाएको छ।
















Discussion about this post