Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १९, २०८३
in समाचार
0
बजेट पुस्तिका सार्वजनिकसँगै विराटनगरमा योजना कार्यान्वयन सुरु
67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३।८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।

बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी पूरा गरेको जनाएको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यबाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरेका थिए ।

कार्यक्रममा कार्यबाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी वित्तीय व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।

उनका अनुसार समयमै प्रकाशित बजेट पुस्तिकाले स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुग्नेछ । बजेट तयारीदेखि प्रकाशनसम्म संलग्न कर्मचारी तथा सरोकारवालाको योगदान पनि उनले स्मरण गरे ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले बजेट पुस्तिका सार्वजनिक भएसँगै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन औपचारिक रूपमा सुरु भएको जानकारी दिए । नगर प्रमुखबाट खर्च गर्ने अख्तियारी प्राप्त भइसकेको र महानगरका सबै १९ वटै वडाका सचिवलाई आवश्यक निर्देशन दिइसकिएको उनले बताए ।

उनका अनुसार यस वर्षको बजेट पुस्तिका केवल आय–व्यय र कार्यक्रमको सूचीमा सीमित छैन ।

महानगरको संस्थागत परिचय, विकास यात्रा, प्राथमिकता, नीति तथा दीर्घकालीन विकास दृष्टिलाई समेत समेटेर पुस्तिका तयार गरिएको छ । यसले नागरिक, जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई महानगरको समग्र कार्यदिशाबारे स्पष्ट जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

वडा नम्बर ११ का अध्यक्ष नेउपानेले अघिल्ला वर्षको तुलनामा यस पटक बजेट पुस्तिका समयमै सार्वजनिक हुनु सकारात्मक उपलब्धि भएको बताए ।

उनका अनुसार यसले विकास निर्माणका योजना समयमै अघि बढाउन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले पुस्तिका तयार गर्ने क्रममा कुनै त्रुटि वा कमजोरी रहेको भए रचनात्मक सुझाव दिन आग्रह गरे । आगामी संस्करणलाई अझ तथ्यपरक, परिष्कृत र उपयोगी बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादव, वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतो, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

समयमै बजेट पुस्तिका सार्वजनिक गर्दै विराटनगर महानगरपालिकाले पारदर्शी, उत्तरदायी र परिणाममुखी स्थानीय शासनप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ ।

महानगरका अनुसार यसबाट विकास योजनाको कार्यान्वयन, वित्तीय अनुशासन र नागरिकलाई बजेटसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    637 shares
    Share 255 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    392 shares
    Share 157 Tweet 98
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.