पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमित मध्ये मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला र १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि सुनसरीको धरानमा २ महिला र ५ पुरुष, इटहरीमा १ महिला र ४ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६ हजार ६४१ पुगेको छ ।














Discussion about this post