Monday, August 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

रासस by रासस
भदौ १, २०८३
in विविध, समाचार
0
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव
51
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ ।

गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एकापसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी सरोकार भएका निकायसँग छलफल थालिएको हो।

जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा छलफल आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायतसँग स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ।

पहिलो दिनको छलफलमा स्थानीय तहको सङ्ख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिए।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको अध्ययन समितिले सरोकार भएका निकायका प्रतिनिधिसँग बहस र छलफल गरेसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा मापदण्डअनुसार काम टुङ्ग्याउने उनले बताए। उनका अनुसार १० स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका छन् भने ७९ वटा वडा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिले बाहेक जिल्लाका अधिकांश राजनीतिक दलका नेताले तत्कालका लागि जिल्लाको नगरपालिका, गाउँपालिका र वडाको सङ्ख्या घटाउन नहुने प्रतिक्रिया दिए पनि कुनै वडाको अपायक क्षेत्रलाई टुक्र्याएर पायक पर्ने अर्को वडा वा पालिकामा गाभ्न सकिने राईले जानकारी दिए।

बैठकमा सहभागी नेताहरूले वडालाई घटाउनुको सट्टा आवश्यकताको आधारमा टुक्र्याएर दुई वटा वडा बनाउन पहल गर्नुपर्ने धारणा राखे।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

Tags: #खोटाङ#स्थानीय तह
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
FEATURE BREAKING

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

तीन दशक अघिसम्म काठमाडौं पुरै वन जंगलले घेरिएको थियो । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी,...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ १, २०८३
0

झापा : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ। कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा...

कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद

साउन ३१, २०८३
भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

भोजपुर : ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ले बढायो महिला उद्यमशीलता

साउन ३१, २०८३
बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा १७ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी पक्राउ

साउन ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !

भदौ १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

भदौ १, २०८३
भिजिट नेपाल : मुन्दुम ट्रेल भ्रमण वर्षमा हुँदैछ रेडपाण्डा र थार महोत्सव

खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

भदौ १, २०८३
कोशीको निगुरो काठमाडौँसम्म

कोशीको निगुरो काठमाडौँसम्म

भदौ १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.