झापाको बिर्तामोड शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन् ।
हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको कार्यालयले जनाएको छ ।
साथै उनिहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको कार्यालयले जनाएको छ ।













Discussion about this post