Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
in विविध, समाचार
0
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
57
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ ।

भदौ २० गते निकालिने रथयात्रालाई लक्षित गर्दै महानगरपालिकाले सरोकारवाला निकायसँग समन्वय बैठक गरी आवश्यक पूर्वाधार तथा व्यवस्थापनको कामलाई गति दिने निर्णय गरेको छ ।

मेयर नागेश कोइरालाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माको उपस्थितिमा बसेको बैठकले रथयात्राका क्रममा यात्रु, भक्तजन तथा सर्वसाधारणलाई सहज हुने गरी सडक, विद्युत्, खानेपानी, सरसफाइलगायतका व्यवस्थापन तत्काल अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा रथयात्रा सञ्चालन हुने मुख्य सडक तथा आसपासका क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने, सडक मर्मत गर्ने, विद्युत् तथा केबलका अव्यवस्थित तार व्यवस्थापन गर्ने र सरसफाइलाई विशेष प्राथमिकता दिने विषयमा छलफल भएको थियो ।

रथयात्राका क्रममा ठूलो संख्यामा भक्तजन तथा दर्शक सडकमा भेला हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण, ट्राफिक व्यवस्थापन र सुरक्षा प्रबन्धलाई समेत प्रभावकारी बनाउने तयारी गरिएको छ ।

बैठकमा प्रदेश प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी, कोशी अस्पताल, विराटनगर खानेपानी संस्थान, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । सबै निकायले आफ्नो क्षेत्रको जिम्मेवारीअनुसार बाँकी तयारीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

मेयर कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक परम्परा मात्रै नभई सहरको पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक उत्सव भएकाले यसको व्यवस्थापनमा कुनै कमी हुन नहुने बताए ।

रथयात्रालाई विगतका वर्षभन्दा अझ व्यवस्थित र आकर्षक बनाउन महानगर, सुरक्षा निकाय, धार्मिक संस्था तथा स्थानीयवासी सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

‘रथयात्रा विराटनगरको पहिचानसँग जोडिएको छ । यसको गरिमा कायम राख्दै व्यवस्थित, सुरक्षित र भव्य बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्छ,’ कोइरालाले बैठकमा भने ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले रथयात्राको रुटमा आवश्यक स्थान पहिचान गरी ठाउँ–ठाउँमा खानेपानीको व्यवस्था गरिने जानकारी दिए ।

ठूलो संख्यामा भक्तजनको सहभागिता हुने भएकाले गर्मी तथा भीडका कारण हुन सक्ने असहजतालाई ध्यानमा राखेर खानेपानीको प्रबन्ध गर्न लागिएको उनले बताए ।

राधाकृष्ण मन्दिर कार्यसमितिका उपाध्यक्ष नन्दकिशोर राठी र सचिव कृष्ण कार्कीले मन्दिरका तर्फबाट हालसम्म भएका तयारीबारे बैठकलाई जानकारी गराएका थिए ।

उनीहरूले रथयात्राको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगर तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए ।

यसैबीच, रथयात्राको मुख्य मार्ग धरान रोडमा रोपिएका बोटबिरुवाको संरक्षणका लागि महानगरपालिकाले विशेष व्यवस्था गर्ने भएको छ ।

रथयात्रामा सहभागी हुने ठूलो भीडका कारण सडक किनारका हरियाली तथा नयाँ रोपिएका बिरुवामा क्षति पुग्न सक्ने भएकाले नगर प्रहरीसहित करिब दुई सय स्वयंसेवक परिचालन गरिने भएको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार स्वयंसेवकले विशेषगरी धरान रोड क्षेत्रमा रहेका बिरुवाको संरक्षण, भीड व्यवस्थापन तथा आवश्यक सहजीकरणमा सहयोग गर्नेछन् । रथयात्राको उत्सवसँगै विराटनगरको हरियाली र सौन्दर्य जोगाउने उद्देश्यले स्वयंसेवक परिचालन गर्न लागिएको उनले बताए ।

महानगरपालिकाले रथयात्रालाई लक्षित गरी सडक व्यवस्थापन, सरसफाइ, खानेपानी, विद्युत् तथा सञ्चारका तार व्यवस्थापन, सुरक्षा र ट्राफिक व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरेको छ । रथयात्राको दिन सम्भावित भीडलाई व्यवस्थित गर्न सुरक्षा निकायसँग समेत थप समन्वय गरिने महानगरले जनाएको छ ।

ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरमा हरेक वर्ष ठूलो जनसहभागिताका साथ आयोजना हुँदै आएको छ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै रथयात्राले विराटनगरको सामाजिक एकता र सांस्कृतिक विविधतालाई समेत प्रतिबिम्बित गर्दै आएको छ । यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालु तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

महानगरपालिकाले रथयात्राको मूल मर्म र धार्मिक गरिमा कायम राख्दै व्यवस्थापन, सुरक्षा र सौन्दर्यलाई प्राथमिकतामा राखेर तयारी अघि बढाएको जनाएको छ ।

Tags: #विराटनगररथयात्राविराटनगर महानगरपालिकाश्रीराधाकृष्ण रथयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.