नेपालमा बिभिन्न प्रलोभनमा पारि फकाएर भारततर्फ बलि दिने उद्देश्यले लैजादै गरेको युवतीको उद्धार गरिएको छ ।
नेपाल भारतबीच रहेको खुल्ला सीमा सिल रहेको अवस्थामा चोर बाटो हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सशस्त्र प्रहरी बल बिओपी नेपाल भण्टाबारीले बलि दिन लादै गरेको युवतीको बुधबार उद्धार गरेको हो ।
जिल्ला सप्तरी दौलतपुर नगरपालिका ३ बस्ने बस्नेझरु चौधरीको छोरी १८ वर्ष कि बिपना चौधरीलाई भारतको भीमनगरमा पुजा छ भन्दै बलि दिने उद्देश्यले लैजादै गरेका सप्तरीको अग्नीसाइबर कृष्णसवरण गाउँपालीका ४ बस्ने २९ वर्ष का साहिल मन्सुरी,सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २२ वर्ष कि सुचिनकला चौधरी र सिरहाको लहान नगरपालिका १९ बस्ने ३२ वर्षका जिवछ साह पक्राउ परेका छन् ।
बलि दिने उद्देश्यले लादै गरेको युवतीको उद्धार गरी आवश्यक कानुनी कारबाहीको लागि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिएका छन् ।













Discussion about this post