२०८३ भदौ २४ गते बुधवार सोहीअनुसार ९ सेप्टेम्बर २०२६
श्रीशाके १९४८
नेपाल संवत् ११४६ गुँलागा
दक्षिणायन
वर्षा ऋतु
रौद्र संवत्सर
भाद्र महिना
कृष्णपक्षको त्रयोदशी तिथि ११:४७ सम्म तत्पश्चात् चतुर्दशी
अश्लेषा नक्षत्र १५:४२ सम्म उप्रान्त मघा नक्षत्र
चन्द्रमा कर्कट राशिमा १५:४२ सम्म पश्चात् सिंहमा प्रवेश
जुगः चह्रे पूजा, जुग यँ पञ्चदान
आजको राशिफल
मेष
आजको दिन सामान्य छ। काममा केही अवरोध देखिए पनि धैर्यताले सफलता मिल्नेछ। आर्थिक अवस्था ठीकै रहनेछ, अनावश्यक खर्चबाट बच्नुहोला।
वृष
आजको दिन सुखद रहनेछ। पारिवारिक जमघटमा रमाइलो हुनेछ र कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ। नयाँ कामको थालनी गर्नका लागि आजको दिन उपयुक्त छ।
मिथुन
मित्रहरूसँगको सहयोगले काममा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि मनोबल उच्च रहनेछ।
कर्कट
आजको दिन निकै शुभ रहनेछ। सोचेका कामहरू समयमा नै पुरा हुनेछन्। आत्मविश्वास बढ्नेछ र परिवारमा खुसीको वातावरण छाउनेछ।
सिंह
पारिवारिक विवादमा नपर्नु नै बेस हुनेछ। धैर्यताका साथ काम गर्नुहोला, वाणीमा संयम राख्नुहोला। आर्थिक मामिलामा निकै सावधानी अपनाउनु आवश्यक छ।
कन्या
आजको दिन व्यापार व्यवसायमा लाभ हुनेछ। नयाँ योजनाहरूमा काम सुरु गर्नका लागि समय उत्तम छ। मान-प्रतिष्ठामा वृद्धि हुनेछ र काममा सफलता मिल्नेछ।
तुला
आजको दिन मिश्रित रहनेछ। खर्चमा नियन्त्रण गर्नुहोला, नत्र आर्थिक समस्या आउन सक्छ। टाढाको यात्रा गर्ने योजना छ भने स्थगित गर्नु राम्रो हुन्छ।
वृश्चिक
विद्यार्थीहरूको लागि आजको दिन राम्रो छ। पढाइमा मन जानेछ र सफलताको आशा बढ्नेछ। बौद्धिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।

धनु
आजको दिन सामान्य रहनेछ। घरायसी काममा केही समय बित्नेछ र परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा केही सामान्य समस्या देखिए पनि आत्मबल बलियो रहनेछ।
मकर कार्यक्षेत्रमा बढुवा वा प्रशंसाको योग बनेको छ। व्यवसायिक लाभ मिल्नेछ र समाजमा मान सम्मान बढ्नेछ। मेहनतको फल प्राप्त हुनेछ।
कुम्भ आजको दिन धार्मिक कार्य वा परोपकारमा बित्नेछ। मनमा शान्ति छाउनेछ र सकारात्मक सोचको विकास हुनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्।
मीन
आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला, खर्च बढ्ने योग छ। अनावश्यक बहसबाट बच्नुहोला, धैर्यता अपनाउनु नै हितकर हुनेछ।












Discussion about this post