Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
in विविध, समाचार
0
कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
49
SHARES
Share on FacebookShare on Twitter

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय अर्थतन्त्रसँग जोड्ने योजना नहुँदा प्रदेशले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाले बताएका छन् ।

पूर्वी नेपालमा पर्यटनको सम्भावना पहिचान भए पनि त्यसअनुसार पूर्वाधार, जनशक्ति उत्पादन, प्रचारप्रसार र पर्यटकीय प्याकेज विकास हुन नसक्दा पर्यटकको आगमनलाई स्थानीय आम्दानीमा रूपान्तरण गर्न चुनौती रहेको उनीहरूको भनाइ छ ।

विश्व पर्यटन दिवसका अवसरमा सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजना तथा पर्यटन कार्यालय धरान र इस्ट टुरिजम फाउन्डेसनको सहकार्यमा धरानमा आयोजित ‘पर्यटनका लागि हिमाल–तराई सम्बन्ध’ विषयक अन्तर्क्रियामा सहभागी पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रका विज्ञहरूले पूर्वी नेपालमा पर्यटन विकासका लागि योजनाबद्ध काम आवश्यक रहेको बताए ।

पर्यटन व्यवसायी भविष श्रेष्ठले कोशी प्रदेशमा गन्तव्यको कमी नभए पनि ती गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्न नसकिएको बताए । उनका अनुसार हिमाली क्षेत्रको पर्यटनलाई धरान, इटहरी, विराटनगरलगायतका सहरको बजारसँग जोड्न सके स्थानीय होटल, यातायात, खाद्य, हस्तकला तथा अन्य व्यवसायले प्रत्यक्ष लाभ लिन सक्छन् ।

पर्यटन कार्यालय धरानका प्रमुखले पनि कोशी प्रदेशमा पर्यटनको सम्भावना धेरै भए पनि त्यसअनुसार योजनाबद्ध र दीर्घकालीन काम हुन नसकेको बताए । गन्तव्य पहिचान गरेर मात्र पर्यटन विकास नहुने भन्दै उनले पूर्वाधार निर्माण, प्रचारप्रसार, सेवा गुणस्तर र स्थानीय जनशक्तिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

सगरमाथा आरोही शिव डाँगीले हिमाली पर्यटनमा स्थानीय समुदायको सहभागिता बढाउनुपर्ने बताए । हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटकलाई स्थानीय संस्कृति, खानपान र जीवनशैलीसँग जोड्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने उनको भनाइ थियो ।

पर्यटन विश्लेषक तथा अनुसन्धानकर्ता अर्जुन उप्रेतीले कोशी प्रदेशमा विश्वस्तरीय हिमालदेखि सिमसारसम्मको पर्यटन सम्भावना रहे पनि पूर्वाधार र दक्ष जनशक्तिको अभाव प्रमुख चुनौती रहेको बताए ।

उनका अनुसार विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ प्रमुख हिमालमध्ये पाँचवटा कोशी प्रदेशमा छन् । थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढे प्रदेशमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या ११ पुग्न सक्ने उनले बताए ।

तर हिमालको संख्या बढ्नु मात्रै पर्यटन विकासको आधार नहुने उप्रेतीको भनाइ छ । ‘गन्तव्यमा पर्यटक पुग्ने बाटो, बस्ने ठाउँ, खानेकुरा, गाइड, सुरक्षा र सूचना प्रणाली’ एकैपटक विकास गर्नुपर्ने उनले बताए ।

उनले स्थानीय पर्यटन व्यवसायीले नेपाल पर्वतारोहण संघसँग सहकार्य गरेर स्थानीयस्तरमै ट्रेकिङ तथा क्लाइम्बिङ गाइड उत्पादन गर्नुपर्ने बताए । अहिले पूर्वी नेपालको पर्वतीय पर्यटन काठमाडौं केन्द्रित रहेको भन्दै उनले स्थानीय युवालाई तालिम दिएर पर्यटनमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

विराटनगर, धरान र इटहरीजस्ता ठूला सहरमा समेत पदयात्रा तथा पर्वतारोहणका लागि आवश्यक पोशाक र सामग्री सहज रूपमा उपलब्ध नहुँदा पर्यटक काठमाडौंमै निर्भर हुनुपर्ने अवस्था रहेको उप्रेतीले बताए ।

उनका अनुसार मकालु, शिवधारा र दोबाटेलगायतका क्षेत्रमा आतिथ्य पूर्वाधारसमेत पर्याप्त छैन । कतिपय गन्तव्यमा पर्यटकलाई व्यवस्थित रूपमा बस्न सक्ने होटल तथा लजको अभाव रहेको उनले बताए ।

कोशी प्रदेशका हिमाली क्षेत्रलाई तराईका प्रमुख सहरसँग जोडेर ‘हिमाल–पहाड–तराई पर्यटन सर्किट’ निर्माण गर्नुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो । पाताल डाँडा, पिके डाँडालगायतका क्षेत्रमा दुईदेखि चार दिनका छोटा प्याकेज सञ्चालन गर्न सकिने सम्भावना रहेको उप्रेतीले बताए ।

त्यस्तै कोशी प्रदेशका सिमसार क्षेत्रलाई पनि पर्यटनसँग जोड्न सकिने उनको भनाइ छ । प्रदेशमा रहेका ७९ सिमसार क्षेत्रमध्ये कोशी टप्पु, माइपोखरी र गोक्यो रामसार सूचीमा सूचीकृत रहेको उल्लेख गर्दै उनले यस्ता क्षेत्रलाई चरा अवलोकन तथा प्रकृति पर्यटनसँग जोड्न सकिने बताए ।

कार्यक्रममा पूर्वी नेपालका चर्चित पर्वतारोहीलाई स्थानीय पर्यटन बजारसँग जोड्नुपर्ने विषयसमेत उठाइएको थियो । सगरमाथा आरोहणमा विश्व कीर्तिमान बनाएका पर्वतारोहीसँग पूर्वी नेपालका प्रमुख सहरको व्यावसायिक सम्बन्धसमेत स्थापित गर्न नसक्नु पर्यटन क्षेत्रको कमजोरी भएको उप्रेतीले बताए ।

सरोकारवालाले सामाजिक सञ्जालमार्फत गन्तव्यको प्रचारप्रसार बढाउने, स्थानीय पर्यटन व्यवसायी र युवालाई दक्ष बनाउने तथा विराटनगर, इटहरी र धरानलाई पर्वतीय पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

Tags: #पर्यटन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र
FEATURE BREAKING

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

by माधव पोख्रेल
अशोज ११, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.–१ रानीटारबाट भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु गरेको १० वर्ष...

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३
पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन