Wednesday, October 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङ र उदयपुरमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

65
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित कोशी लोकमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहाको लहान नगरपालिका–३ का १८ वर्षीय डाइमण्डकुमार कुशवाहाको मृत्यु भएको छ ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६१ प ७८५२ मोटरसाइकलले नेमुवाबाट रबि चोकतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते कुशवाहालाई विराट टिचिङ अस्पतालमा उपचारका क्रममा बिहान ६ः२६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा सवार लहान–२ का १७ वर्षीय राहुल कुशवाहा र साइकलयात्री सुनसरीको दुहबी नगरपालिका–१ का २२ वर्षीय साहजित मियाँ घाइते भएका छन् । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजबाट मोटरसाइकल राहुलले चलाएको खुलेको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको धनपालथान गाउँपालिका–६ रंगकालीस्थित हुलाकी सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको को १९ प ७७४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ७७४७ नम्बरका चालक विराटनगर महानगरपालिका–७ मिलन चोकका २२ वर्षीय दिलिप विक घाइते भएका थिए ।

उनको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक धनपालथान–५ का २५ वर्षीय रूपेश सरदार घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उदयपुरको बेलका नगरपालिका–६ किराँत चोकस्थित मदन भण्डारी लोकमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

इटहरीबाट गाईघाटतर्फ जाँदै गरेको को १ क ३४१८ नम्बरको ट्रकको अगाडिको टायर पञ्चर भएपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०२–००२ प २८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पाको स्युरी–३ का ५६ वर्षीय दले पुन मगर र पछाडि सवार दाङको घोराही उपमहानगरपालिका–१३ की करिब ४५ वर्षीया भानु पुन मगर गम्भीर घाइते भएका थिए ।

दुवैलाई बेलका नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारकै क्रममा दले पुन मगरलाई अपराह्न ४ः५० बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

ट्रक सडकबाट करिब पाँच मिटर तल खसेर पल्टिएको थियो । ट्रक चालक मोरङको सुन्दरहरैँचा–३ का ४८ वर्षीय वीरेन्द्र उराव र सहचालक सुन्दरहरैँचा–५ का २२ वर्षीय आकाश पोखरेल भने सकुशल रहेका छन् ।

प्रहरीले ट्रक चालक र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । सबै घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Tags: दुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद
विविध

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८३
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा ल्याइएको १५ लाख २० हजार रुपैयाँ बराबरको वाटरमेलन सीड्स (खरबुजाको बीउ) बरामद...

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता
टाकुरा विशेष

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

by रासस
अशोज २०, २०८३
0

सुनसरी : धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय...

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

अशोज २०, २०८३
नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने

नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने

अशोज २०, २०८३
सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

अशोज २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

अशोज २०, २०८३
साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

अशोज २०, २०८३
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

अशोज २०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    966 shares
    Share 386 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.