इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले आइतबार इटहरी उपमहानगरपालिका–५ की ३३ वर्षीया सीता प्रधानलाई पक्राउ गरेको हो ।
सुनसरी जिल्ला अदालत, इनरुवाले २०८२ जेठ ३० गते गरेको फैसलाअनुसार प्रधानलाई लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएको थियो ।
अदालतको लगत नं. ४८५ रहेको उक्त मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेकी प्रधानलाई प्रहरीले खोजतलासका क्रममा इटहरी–६ स्थित ट्याङ्ग्रा पुलबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी प्रधानलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।












Discussion about this post