Wednesday, October 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८३
in टाकुरा विशेष, समाचार
0
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै
58
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

परियोजना सम्पन्न भएपछि विराटनगरवासीले दशैंअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।

परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । तर, अधिकांश निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पन्न गरी दशैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माण कार्य पूरा भइसकेको छ ।

‘तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि छिट्टै सक्ने गरी काम भइरहेको छ,’ रौनियारले भने, ‘दशैंअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्‍याउने तयारी छ ।’

९० लाखबाट एक करोड लिटरभन्दा बढी

परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । अहिले दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।

परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ ।

विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकी निर्माण गरिएको छ ।

पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ ।

हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २ सय ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसंख्याको माग धान्न सहज हुने संस्थानले जनाएको छ ।

मेयर कोइरालाको पहलमा पूर्वाधार व्यवस्थापन

विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने मेयर नागेश कोइरालाको प्रतिबद्धताअनुसार परियोजना अघि बढाइएको हो । कोइरालाले सन् २०२६ सम्म विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेसँगै उनको उक्त प्रतिबद्धता पूरा हुने क्रममा रहेको छ ।

परियोजना निर्माणका क्रममा आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरणदेखि सडक र विद्युत् पूर्वाधार व्यवस्थापनसम्मका काममा महानगरपालिकाले सहजीकरण गरेको थियो । परियोजना कार्यान्वयनमा देखिएका स्थानीय तहसँग सम्बन्धित समस्या समाधान तथा आवश्यक पूर्वाधार जुटाउन मेयर कोइरालाले सक्रिय पहल गरेका थिए ।

मेयर कोइरालाकै पहलका कारण विराटनगरमा परियोजना सञ्चालनमा आएका नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख रौनियार बताउँछन् । ‘यदि मेयर साबले प्रभावकारी रुपमा पहल नगरेको भए जग्गा, विद्युत, सिक्सलेन सडक, समाजका विभिन्न क्षेत्रका व्यक्तिलगायतका समस्याले परियोजना फिर्ता पनि जान सक्थ्यो,’ प्रमुख रौनियारले भने, ‘यो परियोजना विराटनगरमा आउनुमा उहाँको ठूलो योगदान छ ।’

मेयर कोइरालाकै पहल र सहजीकरणका कारण परियोजनाका लागि आवश्यक संरचना निर्माण तथा पूर्वाधार व्यवस्थापनमा सहजता भएको उनको भनाइ छ ।

कोइरालाले पनि परियोजना सफल बनाउन निकै मेहनत गरेको बताए ।

‘वडा–वडामा समस्या थियो । आफ्नो घर अगाडिको सडक भत्काउन नदिने अडान स्थानीयवासीसँगै सामाजिक अभियन्ताहरु थियो । तर उहाँहरुलाई कन्मिन्स गराएर सडक खन्ने वातावरण मिलायौं,’ उनले थपे, ‘सडक मात्रै होइन विद्युतको पनि समस्या थियो । सबै क्षेत्रसँग सहजीकरण गरेर परियोजना अगाडि बढाउने वातावरण निर्माण गरिएको थियो । आज परियोजनाको काम सकिँदा धेरै नै खुसी लागेको छ ।’

लामो समयदेखि खानेपानीको पर्याप्तता, नियमितता र गुणस्तरको समस्या झेल्दै आएका विराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । दशैंअघि परियोजना सञ्चालनमा आएमा विराटनगरवासीले नयाँ प्रणालीबाट थप क्षमताको खानेपानी पाउनेछन् ।

यससँगै ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ बनाउने महानगरको योजनाले पनि मूर्त रूप लिने अपेक्षा गरिएको छ । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिससमेत फैलिएको थियो । जन्डिसका कारण १४ जनाको मृत्यसमेत भएको थियो ।

Tags: #विराटनगरखानेपानीटाकुरा विशेषविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद
विविध

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०८३
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा ल्याइएको १५ लाख २० हजार रुपैयाँ बराबरको वाटरमेलन सीड्स (खरबुजाको बीउ) बरामद...

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता
टाकुरा विशेष

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

by रासस
अशोज २०, २०८३
0

सुनसरी : धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय...

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

अशोज २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङ र उदयपुरमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

अशोज २०, २०८३
नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने

नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने

अशोज २०, २०८३
सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

अशोज २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

अशोज २०, २०८३
साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

अशोज २०, २०८३
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

भोजपुरका सुन्तला बगानमा रोगको प्रकोप

अशोज २०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    966 shares
    Share 386 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन