सुनसरी : सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले अवैध रूपमा ल्याइएको १५ लाख २० हजार रुपैयाँ बराबरको वाटरमेलन सीड्स (खरबुजाको बीउ) बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहवी, सितागञ्ज र ट्राफिक प्रहरी पोष्ट दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–२ केशलिया खोलास्थित विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा ३८ वटा बोरामा एक हजार ५२० किलो खरबुजाको बीउ बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद बीउको अन्दाजी मूल्य १५ लाख २० हजार रहेको छ ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post