इटहरी उपमहानगरपालिका कार्यालय थप तीन दिनका लागि बन्द हुने भएको छ ।
वडा कार्यालयहरु सहित उपमहानगरपालिकाको कार्यालय थप तीन दिन बन्द हुने भएको हो । कार्यालयका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि असोज १६, १७ र १८ गते सम्मका लागि कार्यालय बन्द भएको थियो ।
तर, कन्ट्रयाक ट्रेसिङबाट थप सेवाग्राही र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि असोज २१ गते सम्मका लागि सबै वडा कार्यालयहरु सहित उपमहानगरपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने सूचना जारी गरिएको छ ।














Discussion about this post