मालपोत कार्यालय इनरुवा सुनसरीका कर्मचारीमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय बाट प्रदान हुदै आएको सेवा कामकाज एक हप्ताको लागि बन्द गरेको छ ।
कार्यालयले एक सुचना जारी गर्दै सम्पूर्ण सेवा असोज २४ गते सम्मको लागि बन्द गरिएको जानकारी गराएको छ । कार्यालयदद्धारा जारी सुचनामा भनिएको छ, ‘कार्यालयका केहि कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ ।
सोही कारण केहि दिनका लागि कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।’
कार्यालयका कर्मचारीले दिएको जानकारी अनुसार अधिकांशजसो कर्मचारीमा रुघाखोकी र ज्वरोको समस्या देखा परेको छ । उनीहरु बिदा लिएर घरमा नै बसेका छन् ।
केहिमा कोरोना देखिएको र अन्य कर्मचारी समेत बिरामी परेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि कामकाज बन्द गर्ने निर्णय गरिएको कार्यालय प्रमुख षड्कुमार पोखरेलले बताएका छन्















Discussion about this post